Pages

Sunday, April 30, 2017

असार नि आयो एउटा असारे गीत गाउ न त।

(हे) लिएको पैंचो तिरेको छैन निंदपनी लाछैन दुई सुर्को खेत के बाँझो राखौं नरोपी भाछैन भिर खोपी ल्याको त्यो कुलो पनि पैरोले तानेछ गएको राती चट्याङ्ले पनि गोठैमा हानेछ मनसुनले होला घरछेउको खोला उर्लेर आकोछ झुपडी घर बगाउला भन्ने मनमा पिर लाकोछ पसिना दाना बगाउँदै हजुर खियाउँछु कोदालो गाउँ घरका युवा शहर पसे, पाइँदैन खेतालो असारे गाउँदै भलपानी छोप्दै मंसिरलाइ बोलाउँछु खेतमा भाग्य झुलेको बेला यो मनलाइ भुलाउँछु छरेर मानो फलाउँछु मुट्ठी तिरौंला साहुको रिन मेहनत गरे कर्मको फल पाउँलानी कुनै दिन लिलु गुरुङ्गको शब्द र बि बि अनुरागी को सङ्गीत सम्योजनमा मनोज राजले गाउँदै

Friday, April 28, 2017

MELBOURNE....मा सत्य स्वरूप।

MELBOURNE....मा आज सत्य स्वरूपले सांगीतिक मधुरता छर्दै छ RADS STUDIO band को साथमा।

Thursday, April 27, 2017

म्युजिक पार्कमा झमक बहादुरहरु।

आज चलचित्र झमक बाहादुरको गित रेकर्डिङ गर्दै गर्दा म्युजिसियन साथीहरु फोटो खिच्दै म्युजिक पार्क स्टुडियोमा।

Wednesday, April 26, 2017

शेखर च्यान लामाको आमा रिलिज।

शेखर च्यान लामाको आफ्नै शब्द,सङ्गीत र स्वर रहेको आमा बोलको गीत को विडियो यूट्युब मार्फत सार्वजनिक गरेको छ। रिचा शर्मा ,अनुभव रेग्मी र रोशन लामाको अभिनय रहेको विडियो निर्देशन राहुल प्रधानले गरेका छन्।

Tuesday, April 25, 2017

२ गीत सकियो आज।

गायक मनोज राज सिवाकोटी आज २ गीत रेकर्डिंग सकिए पछि संगीतकार अर्जुन पोख्रेलसँग। 
 (१) थाहै छ नि तिम्ले आफै बाटो मोडेको आज किन भन्दै हिड्छ्यौ मैले छोडेको मैले हैन तिम्ले नै हो कसम तोडेको आज किन भन्दै हिड्छ्यौ मैले छोडेको
रचना/ संगीत :- श्याम भट्टराई 
(२) नजुरेको लगन हाम्रो, नजुरेको हाम्रो नाता तडपी तडपी मौनतामा डुबि राछु आज तिम्ले छोडी गएपछी दैव बैरी भए पछि होला मिलन काहाँ बाट हाम्रो होला मिलन काहाँबाट। 
रचना:- ध्रुव प्रसाद अम्गाई 
संगीत :- अर्जुन पोखरेल

Monday, April 24, 2017

भुल्नै सक्दिन।

भुल्नै सक्दिन गीतको सुटिङको एक झलक

Sunday, April 23, 2017

जिङ्गलको लागि आवाज दिंदै।

गायिका प्राश्ना शाक्य एउटा मोबाइलको जिगलमा आफ्नो आवाज दिंदै।

Saturday, April 22, 2017

गज़ल साँझको समय।

गज़ल साँझमा प्रस्तुतिको क्रममा किरण कँडेल र सुजाता उपाध्याय।

Friday, April 21, 2017

हेटौडामा योजना।

कलिउड कलाकेन्द्रको आयोजनामा भएको साँस्कृतिक कार्यक्रममा गायिका योजना गीत गाउँदै।

Wednesday, April 19, 2017

केहि तस्विर हरु ..



गायक प्रमोद खरेलको अमेरिकाको लस् अन्जल्समा भएको कार्यक्रमका केहि तस्वीर हरु।

डी आर दङ्ग।

सङ्गीतकार डी आर अटुको सङ्गीत रहेको ४ गीतको विडियो शूटिंग धमाधम अमेरिकामा भैरहेको छ। यसको सम्पूर्ण काम अमेरिकामै बसेर फिल्म स्टडी गरिरहेका कृष्ण राइले गरिरहेका छन्। यस कुराले गर्दा डी आर दङ्ग छन्।

Monday, April 17, 2017

अर्को धमाका होला त।

चर्चित सङ्गीतकार/गायक राजन राज शिवाकोटी स्टुडियोमा गीत गाउँदै। जो अहिले पछिल्लो समय प्ले ब्याक म्युजिकमा निक्कै चर्चित छन् । सुर्के थैली ,पूर्व पश्चिम रेल जस्ता गीत हरु निक्कै चर्चित बनेका छन्।

टुवोम्बामा कमल।

अष्ट्रेलियाको टुवोम्बामा आफ्नो पहिलो कार्यक्रममा धमाकेदार प्रस्तुति दिंदै गायक कमल खत्री कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न भयो।

Sunday, April 16, 2017

लौ तयार भयौं।

कन्सर्टको लागि लगभग तयारी अवस्थामा किशोर शिवाकोटी र टीम।

Saturday, April 15, 2017

नयाँ वर्षमा सुनिल।

नयाँ वर्षको कार्यक्रममा आफ्नो प्रस्तुति दिंदै गायक सुनिल सिं ठकुरी।

सेलो शूटिंग।

स्वयम्भूमा एउटा सेलो गीतको विडियो शूटिंगमा मोडेल सुशिला तामांग

Friday, April 14, 2017

नयाँ सालको शुभकामना सँगै नयाँ काम थालनी।

नयाँ वर्षको शुभकामना संगै नयाँ कामको शुरुवात गर्दै गायक प्रमोद खरेल र सङ्गीतकार आशिष अविरल।

Wednesday, April 12, 2017

सिन्धुलीमा धिरज र संचिता।


लिरिल सुपर स्टार धमाकामा कपिलाकोट,सिन्धुलीमा भएको कार्यक्रममा गायक धिरज राई र संचिता लुइंटेल

Tuesday, April 11, 2017

बल्छी हान्ने ध्रुबे सिल्फी हान्दै।

चर्चित हास्य पात्र बल्छी ध्रुबे अर्थात् मरिचमान १ महिने युरोप साँगीतिक टूरमा जानु अघि एयर पोर्टमा सेल्फी हान्दै।

Monday, April 10, 2017

मन छुने शब्द ।

थाहा भाको भए भाग्यको रेखा बदली दिन्थे तिमी छौ जता अब मन छैन पिरती लाउन सम्झेर माया पर्यो नि रुन । उत्तम भण्डारीको शब्दमा एल्बम - उत्तम 6 ( तिम्रो र मेरो ) को क्रममा टंक

Sunday, April 9, 2017

लौन त लौ खिचौं।

नयाँ म्युजिक विडियो शूटिंग संगै सेल्फीमा रमाउँदै निर्देशक अर्जुन अधिकारी र टीम

Saturday, April 8, 2017

मेरो सास चलिरहोस।

धड्केर त्यो तिम्रो मुटु मेरो सास चलिरहोस् तिमीसँग छुट्टिनु त लेखान्तमा कैल्यै नहोस् बोलको गीत रेकर्डिंगको क्रममा गायक रबि मल्ल।

Friday, April 7, 2017

धेरै पछि रामा।

चर्चित पार्श्व गायक रामा मण्डलले धेरै समय अन्तरल पछि फेरी चलचित्र "म पर्खिरहन्छु" का लागि गाएका छन्।

Thursday, April 6, 2017

सञ्जय श्रेष्ठ पनि अस्ट्रेलिया।

गायक सञ्जय श्रेष्ठ पनि आफ्नो ब्याण्ड सहित कार्यक्रमको लागि अस्ट्रेलिया लागेका छन्। पछिल्लो समय अस्ट्रेलियामा धेरै कलाकारहरुको ओइरो लागेको छ।

Wednesday, April 5, 2017

धीरज सम्पदाको ताजगी।

गायक धिरज राई र मोडेल सम्पदा बानिया लिरिल सुपरस्टार धमाकामा ताजगी छर्दै।

Tuesday, April 4, 2017

जीवन साथी आयो।

सङ्गीतकार राम सिटौलाको एकल सङ्गीत,पूजा मारियाको शब्द रचना र प्रमोद खरेलको पुरुष एकल आवाजमा विभिन्न चर्चित नारी आवाज जस्तै अञ्जु पन्त,गौरी मल्ल,मेलिना राई,प्राश्ना पाण्डे साथ् रहेको एल्बम "जीवन साथी" वरिष्ठ कलाकार नीर शाहको प्रमुख आतिथ्यमा लोकार्पण भएको छ।

Monday, April 3, 2017

लिरिल धमाकामा धिरज।

लिरिल धमाकामा धूम मचाउँदै गायक धिरज राई धादिङ्गमा।

Sunday, April 2, 2017

रामकृष्ण ढकाल एकल साँझ।


रामकृष्ण ढकाल एकल साझ 2073 सभ्य र भब्य रूपमा सम्पन्न भयो। जसमा चर्चित गायिका देविका वन्दना र जुना प्रसाईंले साथ् दिएका थिए।

Ads Inside Post